सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा शाही मृत्यु प्रकरणः अदालतमै पीडितमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार

फोटोः एकिन्द्र कुँवर
फोटोः एकिन्द्र कुँवर
२०७९ असार २०, १२:२५ खबर संवाददाता

धनगढीः अछामको जिल्ला अदालतमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार गरिएको हो। अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ। 

मृतक शाहीका आफन्त तथा स्थानीय सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्‍याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिंदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षको भनाइ छ।

तर, सरकारी वकिल कौशल ढुङ्गानाले भने पीडित पक्षले लगाएका सबै आरोप अस्वीकार गरेका छन्। विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्। 

कमेन्ट लोड गर्नुस