सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ७५ प्रतिशत रोपाइँ सकियो 

फाइल फोटो
फाइल फोटो
२०७९ असार १७, ०९:०५ खबर संवाददाता

धनगढी: बैतडीमा ७५ प्रतिशत रोपाइँ सकिएको छ। जिल्लाका १० ओटै स्थानीय तहका कृषि प्राविधिकहरुले दिएको जानकारी अनुसार असार १५ गतेसम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रशार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए।

सिँचाइको सुविधा भएका ठाउँमा रोपाइँ सम्पन्न भएको उनले बताए। जिल्लामा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएको र असार महिनाभित्रै सबै ठाउँमा रोपाइँ भइसक्ने बताइएको छ। जिल्लाको ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। 
 

कमेन्ट लोड गर्नुस