सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगास माविको यस्तो हालत, ५० लाखको भवन निर्माण नसकिदै जिर्ण

तस्बिर : गोकर्ण दयाल
तस्बिर : गोकर्ण दयाल
२०७९ असार १५, ०१:१५ खबर संवाददाता

बैतडीः बैतडीमा ५० लाखको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जिर्ण बनेको छ। जिल्लाको सिगास गाउँपालिका–३ रक्सौनस्थित सिगास मावि बुढाकोटको निर्माणाधिन तीन कोठे भवन निर्माण नसकिदै जिर्ण बनेको हो। 

सिगास मावि बुढाकोटको निर्माणाधिन भवन हस्तान्तरण समेत भएको छैन। बैतडीका संघीय सासंद दामोदर भण्डारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रबाट तीन वर्षअघि निर्माण सुरु भएको भवन हस्तान्तरण नहुँदै जिर्ण बनेको विद्यालय प्रशासनले जानकारी दिएको छ। भवनको अवस्था जिर्ण भएपछि विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन्। निर्माणाधिन भवन अलपत्र बन्दा भित्ताका ढुङ्गा समेत खस्न थालेको स्थानीयले बताएका छन्। तर, ठेकेदारले भने कामको मूल्याङ्कनका आधारमा भुक्तानी लगिसकेको बताइएको छ।

२०१७ सालमा स्थापना भएको सिगास माविमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ। यहाँ ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा पठनपाठन गर्न कालोपाटी, डेक्स र बेन्चको समेत अभाव रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस