सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कालाजारबाट एकको मृत्यु, ७ जनामा संक्रमण 

२०७९ असार ८, ०८:१२ खबर संवाददाता

धनगढी: बैतडीमा कालाजारबाट एक जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको र तीमध्ये शिवनाथका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

अहिलेसम्म जिल्लाको दशरथचन्द नगरपालिकाका ४, सुर्नया गाउँपालिकाका २ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कालाजार देखिएको कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने जस्ता लक्षण देखिने गरेको बताइएको छ।  

यो रोग एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत र वातारणीय सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन्। 

कमेन्ट लोड गर्नुस