सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २५ हजार बढी घरधुरीमा कृषि गणना गरियो 

२०७९ असार ७, ०४:३६ खबर संवाददाता

बैतडी: कृषि गणना अन्तर्गत बैतडीका २५ हजार बढी घरधुरीबाट तथ्यांक लिइएको छ। जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न वडामा रहेका २५ हजार ५७१ घरधुरीबाट तथ्यांक लिइएको जिल्ला कृषि गणना अधिकृत सुरेन्द्र पन्तले बताए। 

जिल्लाका १४४ ओटा नमूना क्षेत्रमा कृषि गणना गरिएको पन्तले बताए। कृषि गणना अन्तर्गत जमीनको अवस्था, खेतीयोग्य जमीनको अवस्था, बालीनालीको अवस्था लगायतका विषयमा तथ्यांक लिइएको छ। 

वैशाख ६ गतेदेखि शुरु भएको कृषि गणना जेठ १९ गते सम्म ४५ दिन चलेको थियो।

कमेन्ट लोड गर्नुस