बैतडीमा आजदेखि विद्युत अवरुद्ध
धनगढी: बैतडीमा सोमबार बिहानैदेखि विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध भएको हो।
आजदेखि असार १० गतेसम्म विद्युत सेवा अवरुद्ध हुने उनले बताए। यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत सेवा सुचारु गर्न पहल भइरहेको पनि उनले बताएका छन्। विद्युत सेवा अवरुद्ध भएसँगै विभिन्न क्षेत्र सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रवाहमा समस्या हुने देखिएको छ।
