सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा टिपर दुर्घटना हुँदा ४ जना घाइते 

२०७९ असार २, ०९:४३ खबर संवाददाता

धनगढी: बैतडीमा टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्लाको पाटन ६ मा टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्। 

म१क३८८नम्बको टिपर दुर्घटना हँदा चालक कञ्चनपुरको बेतकोट नगरपालिका ५ का सन्तोश डगौरा, सहचालक भिमदत्त नगरपालिकाका विरेन्द्र चौधरी, बैतडीको पाटन ३ का हिरा विक र पाटन ४ का हरिना ऐर महरा घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

उनिहरुलाई उपचार डडेल्धुरा अस्पतालमा भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस