सँगै आत्महत्या गरौं भनेर प्रेमीले दिए धोका, बाँचेकी प्रेमिकाले हालिन् मुद्दा
एजेन्सी: भारतमा एक अनौठो मुद्दा दर्ता भएको छ। जहाँ एक प्रेमिकाले आफूलाई प्रेमीले आत्महत्या गरौं भनेर धोका दिएको भन्दै अदातलमा मुद्दा हालेकी छिन्।
एक जोडीको विवाह परिवारले अर्कैसँग गरिदिएका थिए। युवतीको विवाह प्रयागराजमा भएको थियो भने पुनेका चन्दुले पनि विवाह गरेका थिए। केही महिनाअघि युवती पुने आएकी थिइन्। सो क्रममा उनको चन्दुसँग भेट भएको थियो। चन्दुले आफ्नी श्रीमतीलाई सम्बन्धविच्छेद दिएर महिलासँग विवाहको प्रस्ताव पनि गरेका थिए तर यस विषयमा कुरा नमिलेपछि उनीहरु दुवैले एकसाथ मर्ने निर्णय गरेका थिए।
त्यसपछि गत मे २९ मा उनीहरु सँगै आत्महत्या गर्न भनेर यमुना नदी पुगेका थिए। यमुना नदीमा युवतीले पूर्वयोजनाअनुसार हाम फालिन्। तर, चन्दुले भने हाल फालेन्न्। चन्दु हाम नफालेपछि युवती पौडिएर नदी बाहिर आइन्। युवतीलाई बेहोस अवस्थामा स्थानीय प्रहरीले भेटेर अस्पतालमा भर्ना गरेका थिए।
पछि युवतीले प्रेमीविरुद्ध मुद्दा दायर गरेकी छिन्। अहिले युवकमाथि महिलाको हत्या प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।