अछाममा आगलागी हुँदा एक जनाको मृत्यु
अछाम: अछाममा एक पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटका ५० वर्षीय नरबहादुर साउँदको मृत्यु भएको हो।
सोमबार राति स्थानिय केशर साउँदको पसलमा सुतिरहेका बेला आगलागी हुदाँ उनका मृत्यु भएको हो। पसलमा राती करिव २ बजे आगलागी भएको स्थानीयले बताएका छन्। मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला सदरमुकाम मंगलसैन ल्याइएको प्रहरीले बताएको छ।