बैतडीको सुर्नयामा नागरिक आरोग्य केन्द्र स्थापना
बैतडी: बैतडीको सुर्नया गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ। सुर्नया गाउँपालिका–६ कोखेत खालीडाँडास्थित लोकेश स्मृति भवनमा नागरिक आरोग्य केन्द्र स्थापना भएको हो।
प्रदेश सरकार मातहत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य केन्द्र स्थापना गरेको हो। स्थानीय नागरिकहरुको आयुर्वेदिक उपचारमा पहुँच पुर्याउनका लागि नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले जानकारी दिए।
नागरिक आरोग्य केन्द्रबाट औषधोपचार, योग, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवाहरु प्रदान गरिने बताइएको छ। अहिले लागि केन्द्रमा एकजना वैद्य र एकजना कार्यालय सहयोगी कर्मचारी राखिएको उनले बताए।