सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुहागरात अगावै बेहुलाको लाखौं कुम्ल्याएर बेहुलीले भिनाजुसँग टाप कसेपछि...

२०७९ जेठ २५, १२:४९ खबर संवाददाता

धनगढीः भारतको बिहारमा विवाह गरेको २४ घण्टा नहुँदै नवदुलही श्रीमान र ससुरालाई छक्याएर घरबाट भागेकी छन्। मोतिहारीको हरनाथपुरस्थित परसौनी गाउँका युवक आनन्दकुमारलाई उल्लू बनाएर मुन्नीकुमारी आफ्ना भिनाजु र भाइसँग बेपत्ता भएको स्थानीयले जनाएका छन्। बेहुला आनन्दकुमारले ससुरालीबाट दाइजो पाएको मोटरसाइकलमा चढेर उनी भिनाजुसँग घरबाट हिँडेकी हुन्। सुहागरात अर्थात विवाहको पहिलो रातमा रम्नुअघि नै दुलही मुन्नीकुमारी चार लाखको गरगहना र भारु एक लाख ५० हजार नगद बोकेर हिँडेकी प्रहरीमा उजुरी परेको छ।

पीडित दुलाहाले नवविवाहित मुन्नीलाई भिनाजु र भाइसहित धनमाल लिएर भागेको आरोपमा पाकिदयालको धनौजी प्रहरी चौकीमा उजुरी गरेका छन्।आनन्दकुमार हरनाथ गाउँका जोगी साहका छोरा हुन्। उनको विवाह ढाका क्षेत्र पर्साका रामनाथ साहकी छोरी मुन्नीकुमारीसँग हिन्दू परम्पराअनुसार भएको हो।

नयाँ दुलही घरमा भित्रिएपछि बेहुलापक्षले तामझामसहित न्यानो स्वागतको कार्यक्रम गरिरहेको थियो। दुलहीको आगमनसँगै आनन्दकुमारको घरमा उत्सव चलिरहेका बेला ती युवती एकाएक हराएपछि बेहुलाको घरको माहोल सुनसान भएको हो। स्थानीयवासीले दुलहीसहित भिनाजु र भाइको खोजी गरेपनि कतै नभेटेको बताइन्छ। उनले चार लाख भारुको गरगहना, डेढ लाख नगद र दुलाहाले दाइजोमा पाएको नयाँ मोटरसाइकल समेत लगेपछि घरगाउँले र नातेदारहरुको अगाडि दुलाहाको परिवार नाजवाफ भएको बताइन्छ।

कमेन्ट लोड गर्नुस