सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा नयाँ अस्पताल संचालनमा 

२०७९ जेठ १६, ०४:३५ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ। सुदुरपश्चिम प्रदेशको राजधानी समेत रहेको अत्तरियास्थित महेन्द्रनगर रोडमा नयाँ अस्पताल संचालनमा आएको हो। 

सोमबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै १५ करोडको लगानीमा अत्तरिया हस्पिटल प्रालि संचालनमा ल्याइएको अस्पतालका प्रमुख डा आन्नद पाठकले जानकारी दिए। अस्पतालले अहिले १५ बेडको स्वीकृती लिएकोमा एक सय बेडसम्मको भौतिक संरचना निर्माण गरिएको उनले बताए। 

प्रदेशवासीलाई गुणस्तरीय सेवा दिने अस्पतालले दाबी गरेको छ। अस्पतालले ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, आईसियु, एनआईसियुको सेवा दिने जनाएको छ। यस्तै आकस्मिक उपचार, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स, हर्निया हाइड्रोसिल लगायतको सम्पूर्ण शल्यक्रिया लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा पनि प्रदान गरिने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस