‘भारतका १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन्’
एजेन्सी: भारतमा प्रत्येक दशमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले देखाएको छ।
नेशनल फेमिली हेल्थ सर्भेका अनुसार १८ देखि ४९ वर्ष उमेर समूहकी महिलामध्ये १० प्रतिशतले आफ्नो श्रीमानलाई कहिले न कहिल्यै पिटेका छन्। त्यो पनि उनका श्रीमानले कुनै पनि प्रकारको हिंसा नगरेको अवस्थामै त्यसरी पिट्ने गरेको अध्ययनले जनाएको छ। यसरी दश प्रतिशत महिलाले बिना कारण नै आफ्नो श्रीमानलाई पिट्ने गरेका छन्।
अध्ययनको लागि गरिएको त्यस सर्भेमा ११ प्रतिशत महिलाले विगत एक वर्षमा आफ्नो श्रीमानलाई पिटेको बताएका थिए। सर्भेका अनुसार उमेर बढेसँगै श्रीमासँग हिंसा गर्ने श्रीमतीको संख्या बढी रहेको बताइएको छ।
यस्तै अध्ययनबाट प्राप्त तथ्यांकका अनुसार सहरमा भन्दा गाउँमा बस्ने महिलाले आफ्नो श्रीमानसँग बढी हिंसा गर्ने गरेका छन्। सहरी क्षेत्रका ३ दशमलव ३ प्रतिशत र गाउँमा रहने ७ दशमलव ७ प्रतिशतले आफ्नो श्रीमानसँग हिंसा गरेको अध्ययनमा उल्लेख छ। -आजतक