सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नेपाल भगवान भरोसामा चलेको छ’

२०७९ जेठ १३, ०५:१० खबर संवाददाता

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले यस्तो बताएका हुन्। 

‘७० वर्षको हाम्रो अभ्यास के छ ? नेपालले छलाङ लगायो कि लगाएन ? ७० वर्षअघि र अहिलेको अवस्था के छ ?’ महतोले भने, ‘समीक्षा हुनुपर्ने। के फड्को मा¥यो त नेपालले?’

कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घन्टौं छलफल गर्ने परम्पराको उनले विरोध गरे। 
 

कमेन्ट लोड गर्नुस