बैतडीको सिगासमा कांग्रेसको सुरुवाती अग्रता, एमाले पछ्याउदै
२०७९ वैशाख ३१, ०४:०१
धनगढीः बैतडीको सिगास गाउँपालिकामा मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले १५४ मतका साथ अग्रता लिएको छ। वडा नं १ को मतगणनामा कांग्रेसले पालिका अध्यक्षमा १५४, नेकपा एमालेले १४३, माओवादीले ७७, नेकपा एकीकृत समाजवादीले १६ र राप्रपाले ९ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेसले १५१, एमालेले १४३, माओवादीले ६८, समाजवादीले १६ मत प्राप्त गरेका छन्।
कमेन्ट लोड गर्नुस