सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको वडामा काँग्रेसलाई पछाडि पार्‍याे करुवाले 

२०७९ वैशाख ३१, १२:०६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पछाडि पारेको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बिपीले ५ मतले अग्रता लिएको हो।

६०० मत गणना हुँदा काँग्रेस वीपीले २५१, काँग्रेस २४६ र नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएका छन्। काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस