सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपिहिमाल–१ मा गठबन्धनका उम्मेद्वार विजयी

२०७९ वैशाख ३१, ०८:१९ खबर संवाददाता

धनगढी: दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्याल विजयी भएका छन्। उनी प्यानलसहित विजयी भएका बताइएको छ। लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार हुन्।

पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहोराले २०२ र एमालेका धर्मानन्द मन्यालले १२३ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले १६६ र एमालेकी उर्मीला बोहोराले १२१ मत ल्याएका छन्।

कमेन्ट लोड गर्नुस