सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला अदालतमा डेढ महिनामा पाँच सय भन्दा बढी मुद्दा दर्ता

२०८३ भदौ १८, ०३:५० खबर संवाददाता

धनगढी: कैलाली जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८३/८४ को डेढ महिनाको अविधिमा पाँच सय सात मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि भदौ १६ गतेसम्मको अवधिमा विभिन्न प्रकृतिका उक्त मुद्दा दर्ता भएका हुन् ।

गत आर्थिक वर्ष २०८२/८३ बाट जिम्मेवारी सरेर आएका एक हजार पाँच सय ३४ र चालु आवको डेढ महिनाको अवधिमा दर्ता भएका पाँच सय सात नयाँ मुद्धा गरि दुई हजार ४१ मुद्दा मध्ये सो डेढ महिनाको अवधिमा तीन सय ४४ मुद्दा फर्छ्यौट भएका अदालतका श्रेस्तेदार चेतराज पन्तले जानकारी दिए ।

सो अवधिमा फर्छ्यौट भएका मुद्दामध्ये जिल्ला न्यायाधीश भुवनसिंह थापाले ११६, इन्द्रबहादुर कठायतले १०४, ठाकुरप्रसाद पौडेलले ५२ र तीर्थराज भट्टराईले ७२ मुद्दा फर्छ्यौट गरेको उनले जानकारी दिए ।

चालु आवमा जिल्ला न्यायाधीश थापाले आठ सय ३३, कठायतले आठ सय २४, पौडेलले आठ सय २४ र भट्टराईले पनि आठ सय २४ मुद्दा फर्छ्यौट गर्नुपर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको उनले जानकारी दिए ।

श्रेस्तेदार पन्तका अनुसार चालु आर्थिक वर्षमा अनुमानित दर्ता हुने मुद्दा संख्याको लगत पाँच हजार १६ रहेको र वार्षिक फर्छ्यौट लक्ष्य तीन हजार तीन सय पाँच रहेको छ ।

कैलाली जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा तीन हजार एक सय पाँच मुद्दा फर्छ्यौट जनाएको छ । गत वर्ष अदालतमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरेका मुद्दा १ हजार तीन सय ३०५ र गत आवमा दर्ता भएका भएका तीन हजार तीन सय ३४ मुद्दा गरी चार हजार छ सय ३९ मुद्दा रहेका थिए ।

कमेन्ट लोड गर्नुस