सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका बिष्ट, जो मतदान केन्द्र पुगेर भोट हाल्न नपाई अस्ताए

२०७९ वैशाख ३०, ०१:०३ खबर संवाददाता

बैतडीः बैतडीमा मतदान गर्न गएका एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ६ टुँडेगैरका ६८ वर्षीय कमलसिंह बिष्टको मृत्यु भएको हो। 

कृष्ण माविस्थित मतदान केन्द्रमा पुग्ने बित्तिकै बिष्ट एक्कासी वेहोस भएका थिए। उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषित गरेको छ। उनी दम तथा अन्य रोगबाट पीडित थिए। 

उनलाई बोकेर मतदान केन्द्रमा लगिएको थियो तर, मतदान गर्न नपाउँदै उनको मृत्यु भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस