जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प
टोकियो: जापानमा भूकम्प गएको छ। देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर ९इएमएससी०ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो।
भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन्। अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ। जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ।