सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा महिला मृत फेला 

२०७९ वैशाख २४, ०६:१३ खबर संवाददाता

बझाङ: बझाङमा एक महिला मृल फेला परेकी छिन्। बझाङको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा मृत फेला परेकी हुन्। 

उनका आफन्तहरू आउनेबित्तिकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लाने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस