धोनी बने फेरि चेन्नइको कप्तान
२०७९ वैशाख १७, ०८:१२
काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन्। कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले जानकारी दिएको छ।
जडेजाले आफ्नो प्रदर्शनमा ध्यान दिने भन्दै कप्तानी छाडेको जनाएका छन्। धोनीले जडेजाले आग्रह गरेपछि कप्तानी सम्हालेको बताएका छन्।
कमेन्ट लोड गर्नुस