सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बजार अनुगमन 

२०७९ वैशाख १६, ११:३९ खबर संवाददाता

धनगढी : बिहीबार जिल्ला प्रशासन कार्यालय अछामले बजार अनुगमन गरेको छ। मंगलसेन नगरपालिका, उद्योग वाणिज्य संघ अछाम र घरेलु तथा साना उद्योग कार्यालय लगायतको सहयोगमा मंगलसेन ५ मा रहेको मंगलसेन बजार क्षेत्र अनुगमन गरिएको हो।

१६ वटा किराना पसलमा गरिएको अनुगमनमा अधिकांश पसलमा मूल्य सूचि नटाँसिएको, साइन बोर्ड नराखेको, म्याद गुज्रेको सामान भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनराज आचार्यले बताए। पसलहरुबाट सुजी, आटा, चिउरा, बिस्कुट, दालमोट, सुर्ती लगायतका म्याद गुज्रेको खाद वस्तु बरामद गरिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस