धनगढीमा भएको ऐश्वर्य मेयर कपको उपाधि पञ्चोदयलाई
धनगढी: धनगढीमा भएको ऐश्वर्य मेयर कप फुटसल प्रतियोगिताको उपाधि पञ्चोदय माविले जितेको छ। धनगढीको फल्याटल्याण्ड फुटसलमा सम्पन्न फाईनलमा ग्यालेक्सी माविलाई ८–५ ले हराउँदै पञ्चोदयले उपाधि जितेको हो।
उपाधिसँगै पञ्चोदयले नगद ५५ हजार सहित ट्रफी मेडल प्राप्त गरेको छ। उपविजेता ग्यालेक्सीले नगद ३० हजार सहित ट्रफी मेडल प्राप्त गरेको छ। त्यसैगरी पञ्चोदयका समीर विक वेष्ट किपर, सुशिल विक सर्वाधिक गोलकर्ता, दिपेश थापा उत्कृष्ट खेलाडी र ग्यादेक्सीका दिपेश जोशी भए।
विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ। ऐश्वर्य विद्यार्थी समाजका अध्यक्ष महेश जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल प्रमुख अतिथि रहेका थिए। ऐश्वर्य वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट विशिष्ठ अतिथि रहेका थिए। प्रतियोगिताको विजेता र उपविजेता ट्रफी खबरकुञ्ज डटकमले प्रायोजन गरेको थियो।