सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातमा पनि विद्यालय सञ्चालन

२०७५ माघ २४, ०४:५१ प्रकाश सिंह

लगातार हिमँपात सँगै चिसा ेबढेपनि विद्यालय भने सञ्चालनमा आएका छन् । बडिमालिका नगरपालिका ७ ढम्कनेमा रहेको सरस्वती आधारभुत विद्यालय पनि हिमपातका बिचमा सञ्चालनमा आइरहेको छ । कक्षा ८ सम्म सञ्चालनमा रहेको विद्यालयमा २ सय विद्यार्थी अध्यनरत छन् । घरदेखि विद्यालयसम्म हिमँपातले बाटोमा समेत समस्या हुँदा पनि विद्यालय सञ्चालनमा रहेको वडा अध्यक्ष धर्मराज पाध्यायाले वताए । 

त्यस्तै बुढिन्नदा नगरपालिका ९ र १० मा रहेको बिद्यालय पनि सञ्चालनमा आइरहेका छन् । हिमपातसँगै चिसो बढेपनि विद्यालय सञ्चालनमा रहेको बिद्यालयले जनाएका छन । चिसोले विद्यार्थीलाई असहज र चिसो भएपनि विद्यालय नियमित सञ्चालन गर्ने रहेको शिक्षक अनिल कुमालले वताए । ५० प्रतिशत विद्यार्थी कम आउने गरेको उनले वताए । साना वालवालिकालाई भने निकै सास्ती भएको वताए ।

मंगलवार रातिदेखि हिमपात भएको छ । हिमपातले सुदुरपश्चिम प्रदेशका बझाङ्ग, बाजुरा, दार्चुला, बैतडी, अछाम लगायत जिल्लाको जनजिवन प्रभावित भएको छ । हिमपातका कारण बाजुराका हिमाली गाँउपालिका, बुढिन्नदा नगरपालिका, छेडेदह गाँउपालिका, स्वामीकार्तिक गाँउपालिका र जगन्नाथ गाँउपालिका उच्च भागमा हिमपात भएपछि जनजिन प्रभावित भएको छ । पाण्डुसैन र मार्तडीको विचमा पर्ने पोरखे लेखमा धेरै हिमपात भएपछि, सदरमुकामदेखि उत्तरी भेगमा पर्ने कोल्टीसम्मको यातायात समेत बन्द भएको छ । उच्च भागमा भारी हिमपात भएपछि घर भन्दा बाहिर निस्कन समेत ग्राहे भएको स्थानीयले बताएका छन् ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस