सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल क्रिकेटमा हैदरावादलाई हराउँदै गुजरात शीर्षस्थानमा

२०७९ वैशाख १५, ०८:२९ खबर संवाददाता

काठमाण्डौँः इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो।

हैदरावादले दिएको एक सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो। गुजरातका रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए। 

यस अघि मुम्बइमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रन जोडेको थियो। हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन माक्र्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले। 

गुजरातका मोहमद शामीले ३ विकेट लिए। यश डायल र अल्जारी जोसेफले १–१ विकेट लिए। आठ खेलमा सातौं जित निकालेर शीर्ष स्थानमा उक्लिएको गुजरातले १४ अंक जोडेको छ। हैदरावाद आठ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ। 

कमेन्ट लोड गर्नुस