सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा गिरावट

२०७९ वैशाख १४, ०५:०५ खबर संवाददाता

काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले ओरालो लागेर रु ९९ हजार तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९९ हजार ३०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० छ। यसको  मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस