कञ्चनपुरको लालझाडीको अध्यक्षमा कांग्रेसबाट श्रीकृष्ण र उपाध्यक्षमा राधाको उम्मेदवारी
२०७९ वैशाख १३, ०३:५७
धनगढी : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट श्रीकृष्ण रानाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, उपाध्यक्षकी उम्मेदवार राधा राना बनेकी छिन्।
गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर १ को अध्यक्षमा अतिराम चौधरी, २ मा हेमराज राना, ३ मा रोहितसिंह बड़ायक, ४ मा लक्ष्मण राना, ५ मा जयबहादुर विष्ट र ६ मा हर्कनारायण जोशीले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कमेन्ट लोड गर्नुस