कञ्चनपुरको पुनर्वासमा कांग्रेसबाट नगर प्रमुखमा शर्मा र उपप्रमुखमा राना उम्मेदवार
२०७९ वैशाख १२, १०:०४
धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसले नगर प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। कांग्रेसले नगर प्रमुखमा तोय प्रसाद शर्मा र उपप्रमुखमा भुलिया रानालाई उम्मेदवार बनाएको छ।
दुवै जना २०७४ सालको निर्वाचनमा समेत उम्मेदवार बनेका थिए। शर्मा कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने राना महाधिवेशन प्रतिनिधि तथा प्रदेश सदस्य हुन्।
कमेन्ट लोड गर्नुस