कञ्चनपुर काँग्रेसले टुंगो लगायो उम्मेदवार, कुन पालिकामा को ?
धनगढी : ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ। नौं वटै पालिकामा प्रमुख र उपप्रमुखमा लड्ने उम्मेदवारको टुंगो लगाइएको हो। काँग्रेसले भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ।
पुनर्वासको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना, बेलौरी नगरपालिकाको मेयरमा होसियार बिष्ट र उपमेयरमा खिना भण्डारी, दोधारा चाँदनीको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशी, बेदकोटको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशी, शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट र उपमेयरमा कल्पना पन्त, कृष्णपुरको मेयरमा हेमराज ओझा र उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ।
यस्तै बेलडाँडीको अध्यक्षमा हरिषचन्द्र राना, लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा राना काँग्रेसको तर्फबाट उम्मेदवार हुने भएका छन्।