सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य 

२०७९ वैशाख ११, १२:१५ खबर संवाददाता

काठमाडौँ: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ५०० तोकिएको छ। 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ९०० मा कारोबार भएकामा आज प्रतितोला ४०० ले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ४०० थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला  एक हजार ३६० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३१ डलर आसपास कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस