सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका शहरमा फुटपाथ र साईकल लेन नहुँदा आवतजावतमा सास्ती

२०७५ माघ २३, १०:०३ नवराज पनेरु

सडकमा पहिलो अधिकार पैदल यात्रीको हुन्छ। तर सुदूरपश्चिमका कुनै पनि शहरमा अहिले सम्म पैदल यात्री हिड्नको लागि सडक बनाईएको छैन्। जस्ले गर्दा ठुला सवारी साधनका लागि बनाईएको सडक नै पैदल यात्रीका लागि पनि फुटपात बनेको छ। यस्तै सडकमा दोश्रो अधिकार साईकल यात्रीहरुको हुन्छ। तर सुदूरपश्चिमका कुनै पनि सहरमा साईकल लेनको पनि व्यवस्था छैन्। 

सडकमा पहिलो र दोश्रो अधिकार पाएका पैदल र साईकल यात्रीहरुका लागि नै सडक नभएपछि अहिले सुदूरपश्चिमका शहरहरुमा आवतजावतमा ठुलो सास्ती खेप्नुपरेको छ। सुदूरपश्चिमको व्यापारीक केन्द्र र प्रदेशको अस्थायी राजधानी धनगढीमा सबैभन्दा बढि सवारी साधनहरुको चाप छ। धनगढीको मुख्य बजारमा त एउटा पनि भारवहान सवारी साधन रोकिदा जामको समस्या बल्झिने गरको छ।

तर प्रदेशकै अस्थायी राजधानी र मुख्य व्यापारीक केन्द्र भएपनि धनगढीको मुख्य सडकमा समेत न फुटपातको व्यवस्था छ न त साईकल लेनको नै व्यवस्था छ। धनगढी उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले साईकल लेन र फुटपाथको व्यवस्था नहुँदा आवतजावतमा सास्ती भएको बताए। धनगढी मात्रै होईन प्रदेशका कुनै पनि शहरमा अहिले सम्म साईकल लेन र पैदल यात्रीका लागि फुटपाथको व्यवस्था गरिएको छैन्। सुरुवातमै सार्वजनिक सवारी साधन र ठुला नीजि सवारी साधनहरुका लागि बनाईएका सडकहरुमै पैदल यात्रीहरु हिड्न बाध्य छन् भने साईल यात्रीहरु पनि त्यहि सडक प्रयोग गर्न बाध्य छन्। जस्ले गर्दा ट्राफीक व्यवस्थापनमा समस्या भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख प्रहरी उपरिक्षक केदार रज्यौलेले बताए। 

तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा अहिले पनि सबैभन्दा बढि साईकल यात्रीहरु नै छन्। तर उनीहरुकै लागि अहिले सम्म सडक निर्माण नभएपछि आवतजावतमा सास्ती बेहोर्न परिरहेको हो। अहिले भएकै सडकहरुलाई पनि लेन छुट्टयाउदै व्यवस्थीत गरिए आवतजावतलाई सहज बनाउन सकिने प्रदेश ट्राफीक प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख प्रहरी उपरिक्षक केदार रज्यौलेले बताए। 

यता स्थानीय सरकारहरुले भने सडकमा पैदल यात्रीहरुका फुटपाथ र छुट्टै साईकल लेन बनाउनका लागि सडक चौडा पार्न आवश्यक रहेको बताएका छन्। तर सडक चौँडा बनाउनका लागि ठुलो सङख्यामा भौतिक संरचना भत्काउन पर्ने देखिएको छ। फुटपाथ र साईकल लेन बनाउने योजना भएपनि सडक चौडा नहुँदा समस्या भएको स्थानीय तहहरुको भनाई छ। 

अहिले निर्माण भईरहेको ६ लेन सडकमा पनि साईकल लेनको व्यवस्था छैन्। अन्य विभिन्न सघन सहरी विकास कार्यक्रम र स्थानीय सरकारले निर्माण गरिरहेको सडकमा पनि फुटपाथ र साईकल लेनेको व्यवस्था छैन्। जस्ले गर्दा सडक निर्माण गर्दा कुनै दुरदृष्टि नराखेको अनुभुती हुन थालेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस