धनगढीमा १८ गते सत्ता गठबन्धनको आमसभा
धनगढीः सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो।
उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ। निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ।
यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विराटनगर र जनकपुरमा हुनेछ। यसैगरी २२ गते काठमाडौंमा आमसभा हुनेगरी कार्यक्रम बनाइएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए।