सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानको राजधानी काबुलमा म्याद सकिएको ४५० टन खाद्यान्न नष्ट

२०७९ वैशाख ७, ०९:२८ रासस

काबुल: अफगानिस्तानको राजधानी काबुलमा ४५० टनभन्दा बढी म्याद सकिएको खाद्यान्न र पेय पदार्थ नष्ट भएको देशको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ। बिग्रिएको खाना र म्याद सकिएका पेय पदार्थहरू स्वास्थ्य अधिकारीहरूले  एक व्यावसायिक केन्द्र, धेरै पसल र सुपरमार्केटहरूबाट बरामद गरेका थिए। 

काबुलको दक्षिणी बाहिरी भागमा रहेको कलाचा भन्ने क्षेत्रमा सो खाद्य पर्दाथहरु नष्ट गरिएको मन्त्रालयले जनाइएको छ।  

कमेन्ट लोड गर्नुस