केएल राहुललाई जरिमाना
२०७९ वैशाख ७, ०३:५९
काठमाडौं: इन्डियन प्रिमियर लिग(आइपीएल)को आचरसंहिता उल्लंघन गरेको भन्दै लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुललाई जरिमाना लागेको छ।
मुम्बईको डीवाई पटेल स्टेडियममा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा आचरसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि म्याच फीको २० प्रतिशत जरिमाना लागेको हो। लखनउले मंगलबार भएको खेलमा बैंगलोरसँग १८ रनले पराजित भएको हो।
कमेन्ट लोड गर्नुस