बझाङमा पति पत्नीनै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्ने होडमा
२०७९ वैशाख ७, १२:०५
बझाङ: बझाङमा एक दम्पतीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न आकाङ्क्षी व्यक्त गरेको छ। वित्थडचिर गाउँपालिका–९ का वडाध्यक्षसमेत रहेका कलकबहादुर विष्टले गाउँपालिका अध्यक्ष र उनकी श्रीमती राजेश्वरी ऐर बिष्टले उपाध्याक्षका लागि नेकपा एमालेबाट आकाङ्क्षी देखाएका हुन्।
दुवैको नाम नेकपा एमाले वित्थडचिर गाउँ कमिटीले सिफारिस गरी जिल्ला पठाउने तयारी गरेको छ।
कमेन्ट लोड गर्नुस