सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताः आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

२०७९ वैशाख ६, ०९:०० खबर संवाददाता

धनगढी: मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टीम नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बल एपिएफ क्लब भिड्ने भएका छन्। अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार भिड्ने भएका हुन्। 

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाइनल सम्पन्न भएका छन्। पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै उपाधि नजिक पुग्यो। दोस्रो सेमिफाईनल खेलमा एपिएफ क्लबले सुदुरपश्चिमलाई ३७–३२ ले हरायो। 

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको बुधबार सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द वोहोराले समापन गर्ने कार्यक्रम रहेको छ। 
 

कमेन्ट लोड गर्नुस