सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिष्टियानो रोनाल्डाको छाेराको मृत्यु

२०७९ वैशाख ६, १०:५१ खबर संवाददाता

काठमाडौं: म्यानचेस्टर युनाइटेडका कप्तान क्रिष्टियानो रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो जुम्ल्याहा नवजात शिशुमध्ये एकको मृत्यु भएको बताएका छन्। रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्।

पोर्चुगलका कप्तान रोनाल्डोले गत वर्ष आफूहरुले जुम्ल्याहा बच्चालाई जन्म दिन लागेको घोषणा गरेका थिए। रोनाल्डो र उनको पत्नी रोड्रिग्वेजले थपेका छन्, ‘‘हाम्रो छोरी जिवित भएकाले हामीलाई थोरै आशा र खुसी मिलेको छ।’’

कमेन्ट लोड गर्नुस