पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु, ३ किशोर घाइते
२०७९ वैशाख ६, ०५:४७
पोर्टल्याण्ड, अमेरिका : अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ। आइतबार बेलुका ८:४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। -स्पुतनिक
कमेन्ट लोड गर्नुस