सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक निरन्तर ओरालो

२०७९ वैशाख ५, ०८:०२ रासस

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ४१ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४१.७७ अङ्कले ओरालो लागेर दुई हजार ३४३.८७ अङ्कमा ओर्लिएको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८२ अङ्कले ओरालो लागेर ४४४.१५ मा सीमित भएको छ। कूल २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर रु एक अर्ब ५० करोड ६९ लाख दुई हजार ९५६ मूल्यमा खरिद बिक्री भए। 

सोमबारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब २४ अर्ब ८६ करोड ५५ लाख बराबर भएको छ। कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ। बैंकिङ १६.५४, व्यापार ११.७९, होटल तथा पर्यटन ४९.७१, जलविद्युत् ६९.१, जलविद्युत् ८०.३, निर्जीवन बीमा ३४२.३७, उत्पादन ९३.४४, अन्य ५२.५१, लघुवित्त ३६.२२, जीवन बीमा २६३.९६, सामूहिक लगानी कोष ०.११ र लगानी १.५७ अङ्कले ओरालो लाग्यो। 

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु चार करोड ९६ लाख २६ हजार ५५५ बराबरको कारोबार भयो। यस्तै, हिमालयन डिस्टिलरी चार करोड ९२ लाख ३३ हजार ७६६, महालक्ष्मी विकास बैंक चार करोड ५० लाख ५२ हजार ८६२, नेपाल पूर्वाधार बैंक तीन करोड ७२ लाख ६ हजार ५०४ र सिद्धार्थ इन्स्योरेन्स तीन करोड ६८ लाख ३० हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। 

नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। दिव्यश्वरी हाइड्रोपावर ७.९८, जाल्पा लघुवित्त ६.०९, सिटिजन म्युचुअल फण्ड १.९३ र कालिका लघुवित्तका लगानीकर्ताले १.३८ प्रतिशतले कमाए। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रकचर ८.३३, हिमालयन ऊर्जा विकास कम्पनी ७.५७, इमर्जिङ नेपाल ७.१०, ग्रीनलाइफ हाइड्रोपावर ६.०४ र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ५.९५ प्रतिशतले गुमाए। 
 

कमेन्ट लोड गर्नुस