धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुँदै
धनगढीः धनगढीमा सोमबारबाट प्रथम मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ। कैलाली जिल्ला कबड्डी सघंको आयोजनामा हुने उक्त प्रतियोगिता वैशाख ५ गतेदेखि ७ गतेसम्म हुने बताइएको छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ।
यो प्रतियोगिता देशकै अहिलेसम्मकै ठूलो धनराशिको प्रतियोगिता भएको आयोजक कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमलराज पन्तले दाबी गरेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, र तेस्रो हुनेलाई ४० हजार रुपैयाँका साथै उत्कृष्ट खेलाडी ५ हजार नगद पुरस्कार रहेको अध्यक्ष पन्तले बताए। सोमबार पहिलो खेल गण्डकी प्रदेश र नेपाली सेनाबीच हुनेछ।