धनगढीमा एनएमबी बैंकको हेरिटेज वाक
धनगढी: एनएमबी बैंक धनगढी शाखाले शनिवार नवौं हेरिटेज वाक कार्यक्रम गरेको छ। एनएमबी बैंक मेनरोड शाखाबाट सुुरु भइ एनएमबी बैंकको चौराहा शाखा हुँदै धनगढीबजारसम्म हेरिटेज वाकसमापन गरिएको थियो। सोही अवसरमा अत्तरियामा पनि हेरिटेज वाक कार्यक्रम गरिएको छ। अत्तरिया शाखाले गोदावरी मन्दिर परिसरमा सरसफाई गरी डस्टबिन पनि हस्तान्तरण गरेको छ।
यो हेरिटेज वाक कोभिड–१९ महामारीको २ वर्षपछि आयोजना गरिएको हो। सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकले जनाएको छ। बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा गरेको सो कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, युनेस्कोका सदस्य तथा सर्वसाधारणहरू गरी झण्डै ५०० जनाको सहभागिता थियो।
एनएमबी विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक वित्तीय संस्था हो। एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भइसकेको छ। यस्तै एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।