धनगढीमा ‘एसटिएस पेनाल्टी सुआउट’ प्रतियोगिता सम्पन्न (तस्बिरहरू)
धनगढीः कैलालीको धनगढीमा ‘एसटिएस पेनाल्टी सुआउट’ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि मनकामना ‘ए’ले जितेको छ भने उपविजेता क्यामपस रोड ११ भएको छ। उत्कृष्ट गोलकिपर मनकामना ‘ए’का मनोज श्रेष्ठ भए। प्रतियोगिताको विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार र उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार प्रदान गरिएको छ।
त्यसअघि धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रतियोगिताको उद्धघाटन गरेका थिए। श्याम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो। नयाँ वर्षको अवसरमा धनगढीमा हरेक वर्ष पेनाल्टी सुआउट प्रतियोगिता हुँदै आएको छ। यसवर्ष रकस्टार मल्टिमिडिया सर्भीस र शैलेश्वरी सेक्युरिटी सर्भिसेजको आयोजनामा नवौं संस्करण पेनाल्टी सुटआउट भएको हो।