सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका दीपेन्द्रः जो विश्व वरीयताको टप १० मा पर्ने पहिलो नेपाली क्रिकेटर बने

२०७८ चैत्र ३०, ०४:२६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको कञ्चनपुर घर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेद्रसिंह ऐरी आईसीसी टी-२० वरीयताको अलराउण्डरतर्फ टप १० मा परेका छन्। आईसीसीले जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र शीर्ष १० मा अटाएका छन्। उनी वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन्।

अघिल्लो साता घरेलु मैदानमा सम्पन्न मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मेलित टी २० सिरिजमा नेपाल च्याम्पियन बन्यो। नेपाललाई च्याम्पियन बनाउन दीपेन्द्रले उयत्कृष्ट प्रदर्शन गरे। उनले शतक समेत बनाए। उक्त सिरिजमा दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी बनेका थिए। यसअघि अलराउण्डतर्फ पूर्वकप्तान पारस खड्का २५औं स्थानमा पुगेका थिए। दीपेन्द्र ब्याटिङतर्फ ३८औं स्थानमा छन्। कुशल भुर्तेल ३६औं स्थानमा छन्।

यस्तै आरिफ शेख पहिलो पटक वरियतामा समावेश हुँदै ९९औं स्थानमा रहेका छन्। टी२० बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३८औं स्थानमा छन्। अविनाश बोहरा ८६औं स्थानमा छन्।

कमेन्ट लोड गर्नुस