कञ्चनपुर जिल्ला खेलकुद समितिको नयाँ नेतृत्व चयन
धनगढी : कञ्चनपुर जिल्ला खेलकुद विकास समितिको नयाँ नेतृत्व चयन भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले समितिको अध्यक्षमा कुवेरबहादुर खड्कालाई चयन गरेको हो।
उपाध्यक्षमा कैलाशचन्द्र गिरी, कोषाध्यक्षमा सुरेन्द्र शाही, सदस्यमा धनबहादुर महता (विकास), विष्णू जैशी, दुर्गादेवी भट्ट र फूलकुमारी राना चयन भएका छन्। अध्यक्ष खड्का नेकपा एकीककृत समाजवादी कृष्णपुरका युवा नेता हुन् भने उपाध्यक्ष गिरी माओवादी केन्द्र अखिल क्रान्तिकारी कञ्चनपुर अध्यक्ष हुन्।
मंगलबार एक कार्यक्रमबीच जिल्ला खेलकुद समिति कञ्चनपुरमा नियुक्त भएका पदाधिकारीको पदभार तथा सपथ ग्रहण गराइएको छ।