कञ्चनपुरमा फुटबल प्रतियोगिता : आयोजक भानु निलो टिम फाइनलमा प्रवेश
पुनर्वास : कञ्चनपुरको पुनर्वास नगरपालिका-५, भानु युवा क्लबद्वारा आयोजना गरिएको खेलमा आयोजक भानु निलो टिम फाईनलमा प्रवेश गरेको छ। मंगलबार बिहान सेमिफाइनलको पहिलो संस्करणमा भएको खेलमा भानु युवा क्लब (निलो)ले परोपकार युवा क्लब बिचफाटालाई शून्यका विरुद्ध ३ गोल प्रहार गर्दै फाईनलमा प्रवेश गरेको हो।
त्यसैगरी आज दिउँसो ३ बजे हुने सेमिफाइनलको दोस्रो खेल प्रगति युवा क्लब र त्रिभुवन युवा क्लबबीच हुने आयोजकले जनाएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने नारा सहित पुर्व खेलाडी स्वर्गीय दानबहादुर शाहीको सम्झनामा उक्त खेलको आयोजना गरिएको हो।