सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा नुहाउन गएका पुरुषको डुबेर मृत्यु

२०७८ चैत्र २९, १२:३१ खबर संवाददाता

डोटी: सेती नदीमा नुहाउन गएका पुरुषको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान केआई सिंह गाउँपालिका–६ भिताडिका ६० वर्षीय राम ताम्राकारको डुबेर मृत्यु भएको हो। 

शिखर नगरपालिका–२ मा रहेको धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए। नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए।
 

कमेन्ट लोड गर्नुस