सुदूर नेपाललाई विश्वसँग जोड्दै

छात्रवृत्तिमा राजनीतिकरण नगरेको स्ववीयुको दावी

२०७५ माघ २०, ०७:२८ खबर संवाददाता

कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले छात्रवृत्तिमा राजनीतिकरण नगरेको दावी गरेको छ। स्ववीय कैलाली बहुमुखी क्याम्पसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थी छात्रवृत्ति वितरणमा राजनीतिकरण गरेको आरोप निराधार भएको जनाएको छ।

स्ववीयुका अध्यक्ष चुडामणी भट्टले जारी गरेको विज्ञप्तीमा माघ १९ गते स्नातक तेस्रो वर्षको छात्रवृत्ति वितरणका लागि विद्यार्थीको अन्तरवार्ता लिने क्रममा केही संगठनका विद्यार्थीले प्राध्यापक र कर्मचारी माथि दुव्र्यवहार गरी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको घटनाको भत्र्सना गरिएको छ।

छात्रवृत्तिका लागि लिने अन्तरवार्तामा स्ववीयुका प्रतिनिधीको उपस्थिती विगतदेखीको परम्परा भएकोले छात्रवृत्तिमा दलिय भागबण्डा र स्ववीयु कोटा जस्ता प्रवृत्तिको अन्त्य भएको दावी गर्दै प्रक्रिया मिचेर विद्यार्थीलाई छात्रवृत्ति वितरण नगरेको स्पष्ट पारिएको छ।

वितरण भएको प्रमाण सार्वजनीक गर्न समेत चुनौती दिईएको छ। नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले कैलाली बहुमुखी क्याम्पसले स्ववीयुका पदाधिकारीको मिलमतोमा छात्रवृत्तिमा राजनीतिकरण गरेको आरोप लगाउदै कागजपत्र समेत नियन्त्रणमा लिएको थियो।  
      
 

कमेन्ट लोड गर्नुस