सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिरियामा भवन भत्कँदा ११ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७५ माघ २०, ०९:३४ खबर संवाददाता

 सिरियाको एलेप्पोमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।
युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार गरिएको छ। बम बिस्फोटका कारण जीर्ण बनेको भवन एक्कासी भत्किएको हो। सिरियाको एलेप्पो शहरको सल्लाहदिन क्षेत्रमा रहेका अधिकांश भवन जीर्ण बनेकाले भत्कने गरेको र कतिपय भत्कने अवस्थामा छन।
सिरियामा जारी द्वन्द्वको मारमा परेका हजारौं नागरिक जीर्ण भवनमा बस्न बाध्य छन। सन् २०१७ मा मात्रै ३५ हजार भवन जीर्ण बनेको संयुक्त राष्ट्रको तथ्यांकमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस