सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यसरी मनाइयो विश्व स्वास्थ्य दिवस

२०७८ चैत्र २४, १२:३३ खबर संवाददाता

धनगढीः धनगढीमा विश्व स्वास्थ्य दिवस मनाइएको छ। धनगढीस्थित नोभा अस्पताल र जागृति फाउन्डेसनले एक कार्यक्रमका साथ संयुक्त रुपमा उक्त दिवस मनाएका हुन्। 

उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका चिकित्सकहरु, माया मेट्रो अस्पतालका चिकित्सकहरु, नोभा अस्पतालका चिकित्सकहरु लगायतको सहभागिता थियो। यस्तै चटकपुर गौशालाका प्रतिनिधि ,आर्ट अफ लिभिङ धनगढी, त्रिनयन नेपालका प्रतिनिधिहरू तथा जागृति फाउन्डेसनका प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थिति थियो। 

विविध कार्यक्रमहरुका साथ दिवर मनाइएको बताइएको छ। यस्तै कार्यक्रममा स्वच्छ वातावरण स्वच्छ नेपाली भन्ने नाराका साथ नगरक्षेत्र सफा राख्ने हेतुले डस्टविन वितरण समेत गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस